केही दिनअघिसम्म घर थिए। गोठ थिए। खेतबारी थिए। बालबालिकाको चहलपहल थियो। अहिले त्यहाँ कालीगण्डकीको भेल बगिरहेको छ। पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा यही असोज ११ गतेको बाढीले धेरै परिवारको जीवन नै उल्टाइदिएको छ। वर्षौँको मिहिनेतले बनाएको घर। जोडेको धनसम्पत्ति। पालिएका गाईभैँसी सबै बाढीले बगाएको छ। बेनी नगरपालिका–१ रत्नेचौर ढोडेनीकी निर्मला सापकोटाको परिवार लामो समयदेखि फर्सेमा बस्दै