काठमाडौँ । गृह मन्त्रालयले मन्त्रालयअन्तर्गत कार्यरत २३ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयको निर्णयअनुसार भएको सरुवामा आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) समेत हेरफेर भएका छन् । सरुवा सूचीअनुसार काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाललाई बाजुराको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । बाजुरामा कार्यरत डोरेन्द्र निरौलालाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ । यस्तै, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका निर्देशक अशोक काफ्लेलाई तेह्रथुमको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । गृह मन्त्रालयमा कार्यरत पर्शुराम पोखरेललाई मुस्ताङको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । अध्यागमन विभागका निर्देशक टीकाराम ढकाललाई अछामको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । अछाममा कार्यरत यज्ञबहादुर बुढालाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । त्यसै गरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सुरेश सुनारलाई रोल्पाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । गृह मन्त्रालयमा कार्यरत नरेन्द्र परियारलाई ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । ललितपुरमा कार्यरत सुप्रभा खनाललाई भने लागु औषध नियन्त्रण विभागमा सरुवा गरिएको छ । मन्त्रालयले गरेको २३ उपसचिवको सरुवासँगै विभिन्न जिल्लाको प्रशासनिक नेतृत्व तथा गृह प्रशासनअन्तर्गतका कार्यालयमा कार्यरत उपसचिवको जिम्मेवारीसमेत हेरफेर भएको हो ।