परराष्ट्रमन्त्री खनालसँग अस्ट्रेलियाका राजदूत साइमनको भेटवार्ता

  • बिहीबार १५ असो २०८३ ०३:१८ PM
काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले भेटवार्ता गरेका छन् । राजदूत अर्न्स्टले बिहीबार परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा मन्त्री खनालले विनाशकारी बाढीपछि नेपाललाई निरन्तर साथ, ऐक्यबद्धता र सहयोग प्रदान गरेकोमा अस्ट्रेलिया सरकारप्रति आभार व्यक्त गरेका थिए । उनले नेपालको पुनर्निर्माण तथा पुन:स्थापनामा अस्ट्रेलियाको निरन्तर साझेदारीको