सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति

  • बिहीबार १५ असो २०८३ ०३:३८ PM
काठमाण्डु – नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा सदस्य राजीव खत्रीले पत्रकारिता क्षेत्र र महासंघलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार जारी गरेको विज्ञप्तिमा सांसद खत्रीले प्रतिनिधि सभाको बैठकमा प्रेस काउन्सिललाई धम्क्याउने व्यक्तिलाई लक्षित गर्दै ‘पत्रकार हुन् कि गुण्डा’ भन्दै प्रश्न गरेको तथा पत्रकारका नाममा कसैलाई