सुनील शर्मा सर्वाधिक मतसहित कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

  • बिहीबार १५ असो २०८३ ०३:५५ PM
मोरङ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट डा. सुनील शर्मा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि १५ जनाबीच प्रतिस्पर्धा भएको थियो। शर्माले ६४८ मत प्राप्त गर्दै खुलातर्फ सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका हुन्। खुलातर्फ शर्मासहित जिल्ला सचिव ललितबहादुर श्रेष्ठ, प्रदेशसभाका पूर्वसांसद सूर्यराज राई, शिवप्रसाद ढकाल,