नापी कार्यालय कलंकीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाख रुपैयाँको बिगोसहित आरोपपत्र दायर

  • बिहीबार १५ असो २०८३ ०३:३६ PM
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगले श्रेष्ठले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती कमला श्रेष्ठको नाममा समेत राखेको दाबी गर्दै चार करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ ४९ पैसा बिगो कायम