भोटेकोशी–त्रिशूली विपद् अध्ययनमा विज्ञ टोलीलाई स्थायी रूपमा जोड्ने प्रस्ताव

  • बिहीबार १५ असो २०८३ ०३:३९ PM
हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले विपद्को अध्ययन तथा आगामी नीति निर्माणका लागि विषयगत विज्ञता, अनुभव र प्राविधिक जनशक्तिलाई समितिसँग निरन्तर जोडेर लैजानुपर्ने बताएका छन् । बिहीबार बसेको समितिको बैठकले ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको आन्तरिक कार्यविधि, २०८३’ पारित