विद्युत् दुर्घटनामा गम्भीर घाइते तामाङलाई प्राधिकरणले १७ लाख ७८ हजार सहयोग गर्ने

  • बिहीबार १५ असो २०८३ ०२:४० PM
काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने भएको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले रामेछाप नगरपालिका–५ सिमल भञ्ज्याङ खर्कभितेमा भएको विद्युत् दुर्घटनामा घाइते तामाङलाई उपचार खर्च, कुरुवा खर्च र अंगभंग बापतको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो ।