काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले आर्थिक सहयोग उपलब्ध गराएको छ । फाउन्डेसनले रु २५ लाख सहयोग गरेको हो । फाउन्डेसनका सचिव तथा हाम्रो सनसाइन स्कुलका प्रिन्सिपल दिवेश खत्रीले सो बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई आज चेक हस्तान्तरण गर्नुभयो । खत्रीका अनुसार शिक्षक, कर्मचारी र संस्थाका सदश्यहरुको तर्फबाट रकम संकलन गरी कोषमा जम्मा गरिएको हो । सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले विपद्को समयमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुहुँदै बाढी पीडितको ... The post हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग appeared first on Kalika Khabar.