काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले मधेश प्रदेशस्थित सीमा नाकाहरूको अनुगमन गर्दै तैनाथ सशस्त्र प्रहरी कर्मचारीहरूलाई सीमा अपराध नियन्त्रणमा निर्मम ढंगले लाग्न निर्देशन दिएका छन् । बिहीबार मधेश प्रदेशस्थित नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी लगायत मातहत गण, गुल्म तथा बोर्डर आउट पोष्ट र सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन