हरि घिमिरे बाणगंगा, १५ असोज – उद्योग व्यापार संघ कपिलवस्तुले आगामी मंसिर ५ देखि १७ गतेसम्म बाणगंगास्थित मायादेवी रंगशालामा ‘दोस्रो कपिलवस्तु व्यापार मेला तथा महोत्सव’ आयोजना गर्ने घोषणा गरेको छ । पत्रकार सम्मेलनमार्फत आयोजकले तयारी तीव्र पारिएको जनाए पनि स्थानीय स्तरमा भने साझा महोत्सवको सट्टा छुट्टाछुट्टै आयोजना गर्ने परिपाटीलाई लिएर गम्भीर प्रश्न उठ्न थालेको छ