स्वास्थ्य क्षेत्रमा बेथिति अन्त्य गर्न माग गर्दै मधेस युवा सञ्जालको प्रदर्शन

  • बिहीबार १५ असो २०८३ ०१:२२ PM
मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा बढ्दो विकृति र बेथिति अन्त्य गर्न असफल भएको आरोप लगाउँदै मधेस युवा सञ्जालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको तत्काल राजीनामा माग गरेको छ । आफ्ना मागहरूमाथि मन्त्रालयले कुनै सुनुवाई नगरेको र जिम्मेवार निकायले बेवास्ता गरेको भन्दै सञ्जालले जनकपुरधामस्थित मधेस भवन अगाडि विरोध प्रदर्शन गरेको हो । मधेस युवा सञ्जालले प्रदेशको स्वास्थ्य सेवालाई