काठमाडौं। सवारी साधन दर्ता प्रक्रियामा देखिएका समस्या समाधानका विषयमा काठमाडौं जिल्ला प्रशासन कार्यालय र नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) बीच छलफल भएको छ। नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारी साधन दर्ताका क्रममा देखिएका समस्या तथा समाधानका उपायबारे छलफल गरेको हो। भेटका क्रममा महासचिव मल्लले चाडपर्व नजिकिँदै गएको तथा यातायात व्यवस्था कार्यालयहरूमा सवारी साधन दर्तासम्बन्धी कामको चाप बढिरहेको अवस्थामा सीमित जनशक्तिका कारण सेवाग्राही तथा कम्पनीका प्रतिनिधिहरूको काम समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको जानकारी गराए। उनका अनुसार कम्पनीका प्रतिनिधिहरूले आफ्ना कम्पनीका तर्फबाट आवश्यक कागजात पेश ... The post सवारी साधन दर्ता प्रक्रियाका समस्याबारे काठमाडौं प्रशासन र नाडाबीच छलफल appeared first on Kalika Khabar.