गोरखा दरबारसम्म ‘मेरोअटो राइड ४.०’ आयोजना हुँदै

  • बिहीबार १५ असो २०८३ १२:५३ PM
काठमाडौं । ‘मेरोअटो राइड ४.०’ को चौथो संस्करण आगामी असोज १६ गते शुक्रबार आयोजना हुने भएको छ। अटोमोटिभ्स प्रालिले विश्व पर्यटन दिवसको अवसर पारेर काठमाडौंको नेपाल टुरिजम बोर्डदेखि ऐतिहासिक गोरखा दरबारसम्म राइड आयोजना गर्न लागेको हो। राइड बिहान ८ बजे नेपाल टुरिजम बोर्डबाट सुरु हुनेछ। राइडरहरू सीतापाइला, धार्के, गल्छी, मुग्लिन र आबुखैरेनी हुँदै गोरखा पुग्नेछन्। गोरखामा पुगेर राइडको समापन गरिने आयोजकले जनाएको छ। राइडका क्रममा विभिन्न मनोरञ्जनात्मक तथा खेलकुद गतिविधिसमेत आयोजना गरिनेछ। यस्तै, मुग्लिनमा टोटल इनर्जीले केयर क्याम्प सञ्चालन गर्नेछ। अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक हरिप्रसाद गजुरेलले आन्तरिक पर्यटन प्रवर्द्धन, राइडिङ संस्कृतिको विकास तथा ... The post गोरखा दरबारसम्म ‘मेरोअटो राइड ४.०’ आयोजना हुँदै appeared first on Kalika Khabar.