काठमाडौं । युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित पल्सर आरपीएम बुटवलमा आयोजना हुने भएको छ । काठमाडौंमा सुरुवात भएको पल्सर आरपीएमको विस्तारअन्तर्गत बुटवलमा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम असोज १७ गते (३ अक्टोबर २०२६) बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा हुनेछ । कार्यक्रम दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ भने सहभागीका लागि प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ । पल्सर आरपीएम बुटवलमा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, यप, डिजे प्रस्तुति र ग्राफिटीसहित सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि तथा प्रस्तुति रहनेछन् । कार्यक्रमले बुटवलका युवालाई आफ्नो प्रतिभा, सीप, रुचि ... The post बुटवलमा असोज १७ गते पल्सर आरपीएम, युवाको सडक संस्कृति एउटै मञ्चमा appeared first on Kalika Khabar.