सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

  • बिहीबार १५ असो २०८३ ०५:२८ PM
काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधिको उत्पादन बढाउन, कच्चापदार्थका लागि आवश्यक जडीबुटीको दिगो सङ्कलन, संरक्षण, प्रशोधन तथा उपभोगका सम्बन्धमा कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको ‘जडीबुटीको दिगो सङ्कलन, संरक्षण, प्रशोधन तथा उपयोग सम्बन्धमा छलफल तथा अन्तरक्रिया’ पछि समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोलीसम्मिलित कार्यदल गठनको निर्णय भएको हो । सल्लाहकार डा अग्रवालले समितिको विकासका लागि तत्काल कार्यदल बनाइ तीन महिनाभित्र समितिको विकासको खाका तयार गरी काम अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले भने, “समितिको विकासका लागि जडीबुटीको दिगो सङ्कलनका साथै सम्बन्धित विभिन्न निकायबीच आवश्यक समन्वय र सहजीकरण गर्नुहोस्, तीन महिनाभित्र कार्यान्वयनयोग्य कार्ययोजनासहित काम गर्नुपर्नेछ ।” डा अग्रवालले तत्कालका लागि मुलुकमा उपलब्ध जडीबुटीको अधिकतम उपयोग गरी वैद्यखानाबाट उत्पादन हुने औषधिको सङ्ख्या बढाउने र आगामी दिनमा विदेशमा पनि निर्यात गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले औषधिको कच्चापदार्थका रूपमा रहेको जडीबुटी सङ्कलनमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए । उनले भने, “कच्चा पदार्थको सदुपयोगका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहजीकरणका साथै कानूनमा पनि सुधार आवश्यक छ, त्यसका लागि चाँडोभन्दा चाँडो काम गर्नुपर्ने छ, औषधिजन्य वनस्पतीको खतीदेखि सङ्कलन र उपभोगसम्म स्पष्ट कानून निर्माणमा ढिलाइ गर्न हुँदैन ।” गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले आयुर्वेद औषधिका लागि आवश्यक कच्चापदार्थको सङ्कलन र उपयोगका सम्बन्धमा मन्त्रालयबाट आवश्यक सहजीकरण हुने बताए । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले जडीबुटी सङ्कलनका लागि सरोकारवालाबीच समन्वय र कानूनी स्पष्टताको आवश्यकता औँल्याए । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा