काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको सर्भर डाउन भएको छ। अचानक सर्भर डाउन हुँदा राहदानी बनाउन लाइनमा बसेको सर्वसाधारण सास्तीमा परेका छन्। ‘इन्टरनेट डाउन’ भएका कारण सेवा प्रभावित भएको बताइएको छ। अहिले मर्मतकाे काम भइरेकाे छ। इन्टरनेटमा समस्या आउँदा वायोमेट्रिक लगायतका काम प्रभावित भएको छ। यद्यपि अफलाइनमा हुने अन्य कामहरु भने भइरहेको बताइएको छ।