काठमाण्डु- सरकारले मन्त्रिपरिषद बैठकमा प्रस्ताव नै नल्याई संघीय संसदको चालु अधिवेशन अन्त्यको सिफारिस खुलेको छ । मन्त्रिपरिषदका सदस्यलाई समेत जानकारी नदिई सभामुख डोलप्रसाद अर्याल (डीपी) र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको विदेश भ्रमण सहज बनाउने उद्देश्यले अधिवेशन अन्त्यको निर्णय पछि थपिएको खुलासा भएको छ । मन्त्रिपरिषद् बैठकमा प्रस्ताव नै नआएको संसद् अधिवेशन अन्त्यसम्बन्धी निर्णयपछि थपिएको