काठमाण्डु- क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबल करियर टुंग्याउन लागेको चर्चा सुरू भएको छ। तर, उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा भने गरिसकेका छैनन्। डेनमार्कविरुद्धको यूईएफए नेसन्स लिग खेलअघि रोनाल्डोले पोर्चुगलको प्रशिक्षण शिविर छाडेर स्पेनको राजधानी म्याड्रिड पुगेपछि उनको भविष्यलाई लिएर प्रश्न उठेको हो। रोनाल्डो बिहीबार बिहान करिब १ः२० बजे म्याड्रिड विमानस्थलमा अवतरण गरेका थिए।