अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाडौँका सर्वेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले श्रेष्ठको सेवा प्रवेशदेखि २०८१ चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी आम्दानी तथा खर्चको अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा श्रेष्ठ तथा उनको एकाघर परिवारको कुल वैधानिक आय ७ करोड ७५ लाख ७८