आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत उपभोक्ताले खरिद बिलको विवरण प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्ने समय आज सकिँदै छ। विभागका अनुसार २०८३ असोज १ देखि १५ गतेसम्म नगद भुक्तानीमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले आज (बिहीबार)सम्म खरिद बिलको विवरण प्रविष्ट गर्न सक्नेछन्। उपभोक्ताले विभागको अनलाइन प्रणालीमा गई खरिद बिलसम्बन्धी