काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाण्डुका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध आरोपपत्र दायर गरेको छ । पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो । श्रेष्ठको २०५३ साउन २७ गतेदेखि २०८१ चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी उनी तथा उनको एकासगोल परिवारका सदस्यहरूको आय–व्यय अनुसन्धान