काठमाण्डु– सिंहदरबार वैद्यखाना विकास समितिको औषधि उत्पादन बढाउन सरकारले विज्ञ टोलीसहित कार्यदल गठन गर्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोगसम्बन्धी छलफलपछि कार्यदल गठन गर्ने निर्णय भएको हो। वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीको संयोजकत्वमा गठन हुने