निर्वाचन आयोगद्वारा वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण

  • बिहीबार १५ असो २०८३ १०:३९ AM
काठमाडौं । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ । बिहीबार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरुको टोलीले राष्ट्रपति भवन शितलनिवासमा पुगेर सो प्रतिवेदन हस्तान्तरण गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ बमोजिम आयोगले हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक तथा कानूनी व्यवस्था छ