अब स्मार्ट टिभीमै एनटीटीभी चलाउन सकिने, सेट-टप बक्स नचाहिने

  • बिहीबार १५ असो २०८३ ११:१२ AM
काठमाडौं । नेपाल टेलिकमले स्मार्ट टिभीमा एनटीटीभी सेवा चलाउन भौतिक सेट–टप बक्स आवश्यक नपर्ने व्यवस्था गरेको छ । कम्पनीले एन्ड्रोइडमा चल्ने स्मार्ट टिभीका लागि ‘भर्चुअल सेट–टप बक्स’ सेवा सुरु गरेपछि ग्राहकले छुट्टै सेट–टप बक्स नजोडी टिभीमै एनटीटीभी हेर्न सक्ने भएका छन् । यसका लागि स्मार्ट टिभीमा गुगल प्ले स्टोरबाट ‘स्मार्ट एनटीटीभी’ एप डाउनलोड गरेर इन्स्टल