गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, रसुवागढीसम्मै जोड्न बेलिब्रिज जडानको तयारी

  • बिहीबार १५ असो २०८३ १०:०३ AM
काठमाडौं । भोटेकोशीको बाढीले सडक सम्पर्क विच्छेद भएको रसुवातर्फको मुख्य मार्गमा बेत्रावतीसम्म अस्थायी सडक ट्र्याक खोलिएको छ। ट्र्याक खुलेसँगै अहिले सडकमार्फत बेत्रावतीसम्म आवतजावत गर्न सकिने भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ट्र्याक खुलेसँगै सर्वसाधारणको आवतजावत सुरु भएको जानकारी दिएका छन्। यद्यपि सडक पूर्ण रूपमा व्यवस्थित भइसकेको छैन। ग्रेड मिलाउने, ग्राभेल हाल्ने तथा आवश्यक स्थानमा सडकलाई थप सुरक्षित बनाउने काम अझै जारी छ। सडक विभागका अनुसार बाढीका कारण क्षतिग्रस्त भएको कठिन भूगोलको सडकमा चट्टान काटेर अस्थायी ट्र्याक निर्माण गरिएको हो। बेत्रावतीसम्मको पहुँच खुलेपछि अब त्यहाँ आवश्यक पर्ने बेलिब्रिजका सामग्री ढुवानी गर्न पनि सहज ... The post गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, रसुवागढीसम्मै जोड्न बेलिब्रिज जडानको तयारी appeared first on Kalika Khabar.