काठमाडौं । भुटानविरुद्धको पहिलो अभ्यास खेलमा क्यान–११ ले १३ रनको जित निकालेको छ । बिहीबार (असोज १५) क्यान–११ ले पोखरास्थित क्रिकेट मैदानमा प्रस्तुत गरेको १२४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११० रन मात्र जोड्न सक्यो । भुटानलाई सस्तैमा रोक्न विपीन शर्माले तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दा एक मेडन ओभर फ्याँक्दै १५ रन खर्चिए । विपीन खत्री र युवराज खत्रीले समान दुई तथा दयानन्द मण्डलले एक विकेट लिए । भुटानका ओपनर नाम्गे थिन्लेले २९ रन बनाए । सोनाम चोपेल र थिन्ले जाम्तशोले समान १९ ... The post भुटानविरुद्धको पहिलो अभ्यास खेलमा नेपालको जित appeared first on Kalika Khabar.