सांसद दुलालको प्रश्न : प्रधानमन्त्री बालेनलाई निर्देशन दिने रवि एभरेज कि बिलो एभरेज ?

  • बिहीबार १५ असो २०८३ ०९:४४ AM
काठमाण्डु- प्रतिपक्षी नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु परिवर्तन र हिमालयन सुनामीबारे राष्ट्रिय एजेन्डा राखेकामा प्रधानमन्त्री वालेन्द्र शाहप्रति आभार व्यक्त गरेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दुलालले राष्ट्रसङ्घीय मञ्चमा हिमालमा जलवायु परिवर्तनको असर, भोटेकोशी र त्रिशूलीमा आएको बाढी-पहिरो तथा अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोगबारे उठाइएका विषय सकारात्मक रहेको बताए ।