शनिबार र आइतबार विद्यालय नखोल्न वीरगञ्ज महानगरको निर्देशन

  • बिहीबार १५ असो २०८३ ०९:२३ AM
पर्सा । वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन निर्देशन दिएको छ । केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले सबै विद्यालयलाई सातामा दुई दिन बिदा दिन निर्देशन दिएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा साताको दुई दिन