काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले पछिल्लो ६ महिनामा सरकारले सुशासन र सेवा प्रवाह सुधारका क्षेत्रमा काम अघि बढाएको दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै पराजुलीले नागरिकले सरकारी सेवा लिन पहुँच वा घुसको सहारा लिनुपर्ने अवस्थाको अन्त्य गर्ने दिशामा सरकार अघि बढिरहेको बताए। उनका अनुसार कर्मचारी सरुवामा डिजिटल प्रणाली, लाइसेन्स