निजामती सेवामा तहगत प्रणाली प्रस्ताव, हड्ताल गर्न नपाउने, ज्याला र करारमा नियुक्ति गर्न पनि निषेध !

  • बिहीबार १५ असो २०८३ ०९:१२ AM
काठमाण्डु- सरकारले निजामती सेवामा हुने गैरकानुनी र अनावश्यक भर्ना नियन्त्रण गर्न कडा कदम चालेको छ। सङ्घीय संसदमा बिहीबार पेस गरिएको ‘सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक, २०८३’ को ऐनमा तोकिएका विशेष अवस्थाबाहेक निजामती कर्मचारीले सम्पादन गर्नुपर्ने कामका लागि कुनै व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने उल्लेख गरिएको छ। विधेयकमा कानुनविपरीत ज्यालादारी वा करारमा कर्मचारी नियुक्त