संसद्‍बाट शक्तिशाली सरकारमाथि प्रमुख प्रतिपक्षीका प्रश्नै-प्रश्न

  • बिहीबार १५ असो २०८३ ०७:१८ AM
काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री संसद्प्रति वालेन्द्र शाहको व्यवहारमाथि प्रश्न उठाएका छन् । उनले प्रधानमन्त्री कहाँ छन् भन्ने जानकारीसमेत संसद्ले पाउनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै आङ्देम्बेले प्रमुख प्रतिपक्षी दलको नेता बोलिरहेका बेला प्रधानमन्त्री सदनमा उपस्थित छन् कि छैनन् भन्ने यकिन नहुने अवस्था संसदीय संस्कारका लागि दुःखद भएको बताए।