काठमाडौं । बझाङको सुर्मा गाउँपालिका–२, दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा जीप दुर्घटना भएको छ । बिहीबार (असोज १५) बिहान १० बजे दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा परी जीप चालक बझाङको सुर्मा गाउँपालिका–४ बस्ने अन्दाजी २७ वर्षीय कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट प्र.ना.नि. तेजबहादुर रावलको कमान्डमा प्रहरी टोली घटनास्थलमा उद्दार कार्यमा खटिएको थियो । जीपमा चालकसहित तीनजना सवार रहेको प्रहरीले ... The post बझाङमा जीप दुर्घटना : चालकको मृत्यु, दुईजना घाइते appeared first on Kalika Khabar.