काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हितविपरीतका क्रियाकलापमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने भएको छ । समितिका कार्यवाहक संयोजक रमेश धमलाले अनुशासनविपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन् । पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेका पदाधिकारी, निर्वाचनबाट निर्वाचित प्रतिनिधि तथा साधारण क्रियाशील सदस्यसम्मका कसैलाई पनि पार्टीको हित