सरकारको कामकारबाहीप्रति कांग्रेसको प्रश्न : ‘बहुमतको दम्भ कि कार्यकुशलताको अभाव ?’

  • बिहीबार १५ असो २०८३ ०६:५४ AM
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बहुमत प्राप्त वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै आङदेम्बेले जनताले खोजेको बलियो सरकारले ‘कमजोर शासन’ सञ्चालन गरिरहेको भन्दै सरकारको नेतृत्वको कार्यकुशलतामाथि प्रश्न उठाएका हुन् । उनले जनादेशको सम्मान गर्दै मुलुकलाई स्थिरता र समृद्धिको दिशामा