काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । असोज १६ गते राति १२ बजे (भोलि) देखि लागू हुने गरी राष्ट्रपति पौडेलले अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम असोज १३ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो । सोही