‘संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संघीय संसद्मा पुगेको छ। बिहीबार विधेयक सचिवालयमा आइपुगेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो। भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले यो विधेयकमाथि रायरपरामर्श लिन लोकसेवा आयोगमा