संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

  • बिहीबार १५ असो २०८३ ०७:०० AM
सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गर्दै सोसम्बन्धी पत्र राष्ट्रपति कार्यालयमा पठाएको हो। नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने व्यवस्था छ। वैशाख २८ गतेदेखि सुरु भएको यस चालु अधिवेशनमा सरकारले बजेट तथा