आफ्नै खेत बगेभन्दा वडाको भवन ढलेकामा दुःख लागेको छ : वडाध्यक्ष थापा

  • बिहीबार १५ असो २०८३ ०५:४५ AM
गण्डकी । आफ्नै पालामा ठडिएको वडा कार्यालय भवन दरमखोलाको बाढीले बगाएपछि बागलुङको गलकोट नगरपालिका-९ का वडाध्यक्ष तेजबहादुर थापाको मन कुँडिएको छ । बुधबार साँझपख क्षतिग्रस्त भवनछेउ भेटिएका उनी चिन्तित देखिए । दरमखोला किनारमा लडेको भवनतिर हेर्दै