मेस्सीबिनाको अर्जेन्टिनाले बोलिभियालाई सजिलै हरायो, प्रभाव छाड्दै लाउटारो मार्टिनेज

  • बिहीबार १५ असो २०८३ ०५:२३ AM
काठमाण्डु- अर्जेन्टिनाले घरेलु मैदानमा सुरु भएको तीन खेलको मैत्रीपूर्ण शृंखलाको पहिलो खेलमा बोलिभियामाथि ४–० को शानदार जित निकालेको छ। मारियो अल्बेर्टो केम्पेस स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेज, निको पाज, क्रिस्टियन रोमेरो र जोसे लोपेजले गोल गरे। अर्जेन्टिनाले १५औँ मिनेटमै अग्रता लिएको थियो। एलेक्सिस म्याक एलिस्टरको उत्कृष्ट पासमा लाउतारो मार्टिनेजले गोल गर्दै टोलीलाई सुरुवाती