काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नुवाकोट जिल्ला अधिवेशनमा गुट–उपगुटभन्दा माथि उठेर सक्षम नेतृत्व चयन गर्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै केसीले आज हुन लागेको नुवाकोट जिल्ला अधिवेशनलाई नेतृत्व चयन गर्ने प्रक्रियामात्र नभई जिल्लाको भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरेका हुन् । उनले जिल्लाको