संघीय संसद्को चालु अधिवेशन भोलि राति १२ बजेबाट अन्त्य हुने

  • बिहीबार १५ असो २०८३ ०५:५५ AM
काठमाडौं । सरकारले संघीय संसद्को चालु अधिवेशन भोलि राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । संघीय संसद्को चालु अधिवेशन २०८३ साल वैशाख २८ गतेदेखि सुरु भएको थियो