अविरल वर्षा र हिमपातले हुम्लाका मुख्य तथा ग्रामीण सडक ठप्प, जनजीवन प्रभावित

  • बिहीबार १५ असो २०८३ ०५:०१ AM
हुम्ला । अविरल वर्षासँगै आएको बाढी, पहिरो र हिमपातका कारण हुम्लाका मुख्य तथा ग्रामीण सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएका छन् । चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडक, कर्णाली करिडोरका साथै जिल्लाका सातवटै गाउँपालिका जोड्ने सडकहरूमा व्यापक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार सडकका विभिन्न स्थानमा पहिरो र ठूला ढुङ्गा खसेका छन् भने बाढीले कल्भर्ट लगायतका संरचना बगाएको छ । सदरमुकाममा विद्युत् आपूर्ति बन्द भएकाले क्षतिको पूर्ण विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । कर्णाली करिडोरअन्तर्गत कवाडीदेखि हिल्सासम्मका विभिन्न स्थानमा पहिरोले सडक ठप्प ... The post अविरल वर्षा र हिमपातले हुम्लाका मुख्य तथा ग्रामीण सडक ठप्प, जनजीवन प्रभावित appeared first on Kalika Khabar.