काठमाडौँ । कालिकोटको पचालझरना गाउँपालिका–स्थित बाँझ कोटमा बर्सेनि देखिने एउटा अनौठो धार्मिक तथा सांस्कृतिक परम्परा अब पुस्तकमार्फत दस्तावेजीकरण भएको छ । ध्यान र साधनाको बलमा मोटो फलामे लट्ठी खाली पन्जाले भाँच्ने तथा फलामलाई मैनजस्तै पगाल्ने शक्ति रहेको विश्वास गरिने कालाशिल्ला मष्ट र देहेडू देवताको महिमा, संस्कृति र इतिहास समेटिएको कृति ‘देहेडू: अलौकिक ऊर्जा’ लोकार्पित भएको छ । सञ्चारकर्मी एवं लेखक गोपीकृष्ण ढुङ्गाना र डीबी नेपाली ‘दमु’द्वारा लिखित कृतिको बुधवार राजधानीमा आयोजित विशेष समारोहबिच राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, डा