बागलुङ – बागलुङमा असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको छ। बाढीपहिरोमा परी जिल्लाका विभिन्न स्थानमा हालसम्म १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। जिल्ला प्रशासन कार्यालयको अद्यावधिक विवरणअनुसार बाढीपहिरोले जिल्लाभर ५१ घर र १० गोठ गरी ६१ घर–गोठ बगाएको छ। थप ५१ घरमा