२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ८४१ जनालाई कारबाही

  • बिहीबार १५ असो २०८३ ०२:२३ AM
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५९, सिसिटिभिमार्फत ५६, रातोबत्तीमा ५० जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्र गतिमा १००, हर्न निषेधमा १३, लेन क्रसमा ०, अवस्था ठिक नभएको ३६, एकतर्फीमा ६ र अन्यमा ५२१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । The post २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ८४१ जनालाई कारबाही appeared first on Kalika Khabar.