बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछिको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । असोज ११ गते आएको पहिरोमा बेपत्ता भएकी तमानखोला गाउँपालिका–४ सन्तरकी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए । पहिरोले घर पुरिँदा निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा