कांग्रेस देउवा पक्षको वडा अधिवेशन आज हुँदै

  • बिहीबार १५ असो २०८३ ०१:३८ AM
काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन बिहीबार हुँदैछ । वडा अधिवेशनका लागि देउवा पक्षले ५६ जिल्लामा निर्वाचन संयोजक पनि खटाएको छ। कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि हुने १५औँ महाधिवेशनको तयारी गरिरहेकैबेला इतर समूह देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको छ । सोही अन्तर्गत वडा अधिवेशन हुन लागेको हो।