बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र खाद्यान्न खेतमा तरकारी खेतीका लागि बनाइएको प्लास्टिकमा थुपार्न व्यस्त छन्। घरभित्र पसेको बाढीको हिलो पन्छाउँदै बचेका सामान घाममा सुकाउनु उनको पछिल्लो चार दिनयताको दैनिकी बनेको छ। कालीगण्डकीमा असोज ११ गते आएको बाढी आनन्दबगरका आठ घरभित्रै पसेर ठूलो क्षति पुर्यायो। बाढीले केही सामान बगायो भने बाँकी सामान हिलाम्मे