भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत्

  • बुधबार १४ असो २०८३ ०३:२१ PM
काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । भारतबाट पेट्रोल र डिजेलको मूल्य २० रूपैयाँले बढेर आए पनि नेपाल आयल निगमले बिक्री मूल्य यथावत् राखेको छ । चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले बुधबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ । हालैको बाढीपहिरोले पारेको असर, आउँदै गरेको चाडपर्व तथा आम